सिरहा : लहान नगरपालिका ३ बलान नजिककै एक यूवक मृत अबस्थामा फेला परेका छन् ।
अन्दाजी ३०/३५ वर्षीय यूवक मृत फेला परेको र पहिचान खुल्न सकेको लहान प्रहरीले जनाएको छ । कसैले हत्या गरेर ति यूवकलाई फालेको हुनसक्ने अनुमान गरिएको छ ।
प्रहरी घटनास्थल पुगिसकेको छ । प्रहरीले कानुनी प्रक्रिया पुरा गरी मृत यूवकको शव पोष्टमार्टमका लागि लहान अस्पताल लगिने बुझिएको छ ।