जनकपुरधाम : भ्रष्टाचार गरेको भन्दै खानेपानी तथा ढल निकास कार्यालय प्रमुख राजेश्वर कुशवाहालाई सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले जनकारबाही गरेका छन् ।
ढल निर्माण योजनामा भ्रष्टाचार गरेको भन्दै प्रमुख कुशवाहालाई अर्धन’ग्न बनाएर हिलो दली उनीहरूले बजार घुमाएका हुन् । यसअघि सो कार्यालयमा जनमत पार्टीले तालाबन्दी समेत गरेको थियो ।
आज प्रदर्शनमा सहभागी जनमत पार्टीका कार्यकर्ताहरुले जनकपुरधामका मेयर लालकिशोर साहलाई पनि भ्रष्टाचारी भन्दै नाराबाजी गरेका छन् । मेयर साहलाई समेत जनकारवाही गर्ने उनीहरूले चेतावनी दिए ।
कार्यालय प्रमुख कुशवाहालाई हिलो दलेर बजार घुमाउने क्रममा जनमत पार्टीका १० कार्यकर्तालाई पक्राउ गरिएको धनुषाका प्रहरीका प्रवक्ता एवं डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।